Hetauda-4, Makwanpur Tel:057-520766
Email:info@schooladhunik.edu.np
वि.स. २०२४ साल जेष्ठ २ गते भुटनदेवी माध्यमिक विद्यालय नजिकको गर्भबाट प्राथमिक विद्यालयको रुपमा जन्मिएर हाल जिल्लाकै नमूना विद्यालय स्थापित हुन यो विद्यालय सफल भएको छ ।
यो विद्यालय मकवानपुर जिल्लाको सुन्दर नगरी हेटौडा न.पा. वडा नं. ४ मा वडामा अवस्थित छ । नगरकै मुटुमा रहेको यस विद्यालयलाई कम्प्युटरकृत विद्यालय पनि भनिन्छ । आफ्नो नाम अनुसारको काममा व्यस्त यो विद्यालयले विभिन्न आरोह–अवरोह तथा तीतामीठा अनुभवहरु समेट्दै साथै अभिभावकहको अथाह माया ममता प्राप्त गरेको छ । यस विद्यालयमा नगरका निम्न स्तरीय परिवारका केटाकेटी देखि सम्पन्न परिवारका छोराछोरीहरु पनि अध्ययन गर्छन् । सरकारको पूर्ण स्वामित्वमा रहेको यो विद्यालय २०६० साल कार्तिक २७ गते देखि समुदाय व्यवस्थापनमा हस्तान्तरण भएको छ ।
वरिपरि भवनहरु र बीचमा सुन्दर बोटविरुवा तथा फूलका बगौंचाले शुशोभित यस विद्यालयमा प्रवेश गर्ने जो कोहीलाई पनि अहिले शान्तिको अनुभूति हुन्छ भन्दा फरक नपर्ला १ स्तरिय शिक्षालाई आफ्नो मूलमन्त्र ठानेको यस विद्यालयले आफ्नो शैक्षिक वातावरणमा पनि व्यापक परिवर्तन र सुधारहरु गरेको छ । स्थापना कालदेखिनै यस विद्यालयले एस. एल.सी. परीक्षाको नतिजा राष्ट्रिय प्रतिशतभन्दा संधै माथि नैं प्राप्त गरेको छ । २०३४ सालदेखि माध्यमिक कक्षा संचालन गर्ने अनुमति प्राप्त गरको यस विद्यालयले एस.एल.सी परीक्षामा आÇना विद्यार्थीहरुलाई पहिलो चोटि वि.सं. २०३६ मा प्रवेश गरायो र सोहीवर्ष ६१ प्रतिशत नतिजा ल्याई जिल्लाको राम्रो विद्यालयमा आफूलाई उभ्यायो । निजीश्रोत, सरकारी दरबन्दी, स्वयम्सेवक शिक्षक शिक्षिका तथा कर्मचारी गरी हाल यस विद्यालयमा ४५ जना कार्यरत छन् । अरु जिल्ला हेरी शिक्षामा पछि परेको मकवानपुर जिल्लाको शैक्षिक स्थिति अभिवृद्धि गर्न अहम् भूमिका निर्वाह गर्दै आएको यस माविले २०५७ सालदेखि कम्प्युटर शिक्षा लागू गर्दै औपचारिक रुपमै कम्प्युटर विज्ञान अध्ययन गराउने जिल्लाकै पहिलो विद्यालयमा आफूलाई उभ्यायो । २०५८ सालबाट राष्ट्रकै चौथो अ· पत्रकारिता विषय यहाँका छात्र–छात्राहरुलाई पढ्ने अवसर प्रदान गरी सो विषयमा एस.एल.सी. परीक्षामा विद्यार्थी समावेश गराउने राष्ट्रकै पहिलो विद्यालय हुन पनि यो पछि परेन । एस्.एल्.सी. को नतिजालाई हेर्ने हो भने २०६२ सालमा ८४ परीक्षार्थी मध्ये ८३ जना परीक्षार्थीलाई उत्तीर्ण गराई मकवानपुर जिल्लाको शैक्षिक इतिहासमा सरकारी विद्यालयबाट ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयको रुपमा यस विद्यालयले आफूलाई उभ्याएको कुरा कसै सामु छिपेको छैन । त्यतिमात्र कहाँ हो र त्यस पछि पनि विद्यालयको नतिजामा यो कहिल्यै पछि परेन । २०६२ सालमा जिल्ला प्रथम भए पश्चात यसले कहिल्यै दोश्रो हुन परेन । एस्.एल्.सी. नतिजामा २०६७ सालमा सतप्रतिशत नतिजा ल्याई आफूलाई ऐतिहासिक उपलब्धी हासिल गराउन यस विद्यालयले कडा मेहनत गरयो । विगत १४ वर्षको इतिहासमा यो विद्यालय जिल्लमा प्रथम स्थान हासिल गर्दै आएको छ भने सेम अंकको आधारमा मध्यमाञ्चल तर्फ राष्ट्रकै चौथो तथा राष्ट्रिय स्तरमा पाँचौ स्थान हासिल गरेको तथ्यले यो विद्यालयको शैक्षिक अवस्थाको उजागर गर्दछ ।